नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

२०७७ माघ ११ गते, आईतवार

माघ ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार (आज) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको सचिवालयको बैठकले आज दिउँसो १२:३० बजेका लागि स्थायी कमिटी बैठक बोलाएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल हुनेछ । शुक्रबार राजधानी काठमाडौँमा शक्ति प्रदर्शन गरेको नेकपाले बैठकबाट थप सङ्घर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal