यूरोपमा कोरोनाको खोप अभियान स्थगित, जर्मनी र इटलीमा खोप दिने काम नै रोकियो

२०७७ माघ ११ गते, आईतवार

माघ ११, काठमाडौं । यूरोपका विभिन्न देशमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ । युरोपका विभिन्न ठाउँमा फाइजर र बायोएनटेकले प्रतिवद्धता गरेअनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको हो ।

अक्सफोर्डसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाको खोपलाई अहिलेसम्म ईयूको नियामक निकायले स्वीकृत गरिसकेको छैन । संक्रमितको संख्या उकालो लागिरहेका बेला खोपको आपूर्ति कम हुँदा खोप अभियानमा समस्या भएको हो। जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य र इटलीका कयौँ क्षेत्रमा खोप दिने काम नै रोकिएको छ । मड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिनसमेत बन्द गरिएको छ ।

गएको हप्ता फाइजरले आउँदा केही हप्ताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो । ईयूले फाइजरबाट मात्र ६० करोड मात्रा खोप मगाएको थियो । इटली र पोल्यान्डले उत्पादन घटाएकोमा दुःख व्यक्त गर्दै यसको कानुनी उपचार खोज्ने बताएका छन् । युरोपेली युनियन ९ईयू०ले पनि स्वीकृत भइसकेका कोरोना भाइरसको खोपको आपूर्तिमा भइरहेको ढिलाइका विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने बताएको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal