रूसमा विद्रोही नेता नाभाल्नीको समर्थनमा प्रदर्शन, निकटस्थहरू प्रदर्शन अगाडि नै गिरफ्तार

२०७७ माघ ११ गते, आईतवार

माघ ११, काठमाडौं । रूसका विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा हजारौँको सहभागितामा प्रदर्शन भएको छ । हाल रूसी जेलमा रहेका विद्रोही नेता नाभाल्नीलाइ रिहा गर्न माग गर्दै प्रदर्शन गरिएको हो । प्रदर्शन चर्किएपछि रूसी प्रहरीले राजधानी मस्कोमा मानिसहरूलाई घरभित्रै रहन निर्देशन दिएको छ ।
बिबिसीका अनुसार नाभाल्नीका कयौँ निकटस्थहरूलाई प्रदर्शन अगाडि नै गिरफ्तार गरिएको छ । गत आइतवार जर्मनीबाट स्वदेश फर्केका विपक्षी नेता नाभाल्नी पुटिनका कटु आलोचक मानिन्छन् ।नाभाल्नीलाई विमानस्थलमा गिरफ्तार गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजना गरेको प्रदर्शन रुसका ६० शहरमा भएको बताइएको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal