दाङमा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

२०७७ माघ ११ गते, आईतवार

माघ ११, दाङ । दाङमा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन ।बाघको आक्रमणबाट देउखुरी लमही नगरपालिका-८ खोलीगाउँकी ५० वर्षीया बेलमती चौधरी गम्भीर घाइते भएका हुन।

शनिबार दिउँसो बाख्रा चराउन नजिकैको जङ्गलमा गएको बेला चौधरीलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट चौधरीको मुख, आँखा र टाउको गम्भिर चोट लागेको छ । बाघको आक्रमणबाट गम्भीर घाइते भएकी बेलमतीको लमही अस्पतालमा उपचार भइरहेको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal