नेप्सेमा उछाल, एक दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

२०७७ माघ ११ गते, आईतवार

माघ ११, काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा उछाल आएको छ । हालसम्मकै उच्च भोल्यूम सहित नेप्से अलटाइम हाइ विन्दुमा पुगेको हो।

आइतबार नेप्से परिसूचक ५०.२० अर्थात २.११ प्रतिशत बढेर २४२४.८४ विन्दुमा पुगेको छ। यस दिन हालसम्मकै उच्च रकमको कारोबार भएको छ। यस दिन ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस अघि गत मंसिर १४ गते नेप्सेमा सर्वाधिक ९ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

यस दिन एक दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा भने ९.८१ प्रतिशतको नकारात्मक सर्किट लागेको छ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal