२४४०.८७ विन्दुमा नेप्से परिसूचक, झण्डै ९ अर्बको कारोबार, बैंकिङ्ग र व्यापारमा आकर्षण

२०७७ माघ १२ गते, सोमबार

माघ १२, काठमाडौं । सोमवार नेप्से परिसूचक १६.४ अंक बढेर २४४०.८७ विन्दुमा पुगेको छ । प्रिओपन सेसनमा नै २२ अंकले बढेर २४४७ विन्दुमा पुगेको नेप्से सूचक बढेर २४१० विन्दुसम्म झरेर फर्किएको हो।

यो दिन सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव २४ अंक घटेर ४५१.८२ विन्दुमा झरेको छ । आइतवार ५०.२० अंकले बढेर २४२४.८४ विन्दुमा बन्द भएको बजार सोमवार २४४७.०२ विन्दुदेखि खुला भएको हो । यस दिन बजार २४५५.३३ विन्दुसम्म पुगेको थियो ।

आइतवार ऐतिहासिक रेकर्ड कायम गर्दै रू ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार बराबरको शेयर कारोबार भएकोमा सोमवार कारोबार रकम भने कम भएको छ । यो दिन रू ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार बराबरको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर कारोबार भएको हो ।
यो कारोबार २०८ ओटा कम्पनीको ७२ हजार ७७३ पटकको व्यापारमा भएको हो ।

यस दिन नेप्से परिसूचक बढेपनि कारोबारमा आएका १२ ओटा समूहमध्ये पाँच ओटा समूहको मात्र परिसूचक बढेको छ भने सात ओटा समूहको परिसूचक घटेको छ । सोमवार नागरिक लगानी कोषको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । यस दिन गुराँस लघुवित्तको शेयरमूल्य ९.९५ प्रतिशत, प्रभु लाइफको ९.८७ प्रतिशत, माउण्टेन इनर्जीको ९.८१ प्रतिशत, नेशनल हाइड्रोपावरको ९.४० प्रतिशत र हिमालयन पावर पार्टनरको ९.३८ प्रतिशत शेयरमूल्य बढेको छ । सोमवारको बजारमा श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको शेयरमूल्य सर्वाधिक ६.९८ घटेको छ ।सोमबारको बजारमा लगानीकर्ताको बैंकिङ्ग र व्यापारमा बढी आकर्षण देखिन्छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal