नागरिक आन्दोलनको बालुवाटार मार्चमा प्रहरी हस्तक्षेप, कयौं प्रदर्शनकारी घाइते

२०७७ माघ १२ गते, सोमबार

माघ १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको बिरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
नागरिक आन्दोलनले प्रतिगमनको प्रतिरोधमा गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले एक्कासी दमन गरेको वरिष्ठ पत्रकार नारायण वाग्लेले बताएका छन् ।

कमलपोखरीको माटो लगाएर सुरु भएको र्याली हात्तीसार, नागपोखरी, नक्साल हुँदै भाटभटेनीबाट बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले नागरिक अगुवामाथि प्रहरीले पानीको फोहोरा हाल्नुका साथै लाठी चार्ज समेत गरेको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले आक्रमण गर्दा कयौं प्रदर्शनकारीहरु घाइते भएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal