जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा जान्छु :वामदेव गौतम

२०७७ माघ १२ गते, सोमबार

माघ १२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताएका छन् ।

पत्रकारसँग कुरा गर्दै सोमबार उनले भने, “आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको छ, यसले अब पार्टी एकतामा सहयोग गर्दछ ।”

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पनि आफूले एक बनाइ नेकपा बनाएको थिए”, उनले भने, “अब पनि एकता अभियानबाट म दुवै समूहलाई एकतामा ल्याउँछु ।” उनले ओली र दाहाल–नेपाल समूह दुवैको जित हुने गरी अबको एकता हुने बताए ।

उपाध्यक्ष गौतमले नेकपाको अन्तरिम विधानमा पनि सहमतिमै पार्टी चल्ने भएकाले कसैको इच्छा लाग्दैमा पार्टी फुटाउन नपाइने बताए । उनले आफू जता गए पार्टी एकता हुन्छ त्यतै जाने बताए । “म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन”, उनले भने, “ जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु ।”

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal