नेपालको कम्युनिष्ट आन्दोलनबाट प्रचण्डको पलायन हुन जरुरी : पुर्वमन्त्री बस्नेत

२०७७ माघ १२ गते, सोमबार

माघ १२, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका ईन्चार्ज एवं पुर्वमन्त्री महेश बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनबाट प्रचण्डको पलायन जरुरी भएको बताएका छन । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकाल्न खोज्दा पुष्षकमल दहाल प्रचण्ड आफै माईतीघरको सडकमा पुगेको दावी गरे।
सोमबार पुर्वी नवलपरासीको कावासोतीमा राष्ट्रिय युवा संघको भेलालाई सम्बोधन गर्दै बस्नेतले प्रचण्डसँग भ्रष्टाचार, अनिमियता, अवसरवाद, नातावाद कृपावाद, अपराधीक एजेन्डा मात्रै नभएर प्रचण्डलाई कम्युनिष्ट पार्टीको जिम्मा दिने हो भने कम्युनिष्ट पार्टी धुलोमा परिणत हुने बताए ।

उनले माधवकुमार नेपाल प्रति कटाक्ष गर्दै बस्नेतले माधवकुमार नेपालले पार्टीको नेतृत्व गर्दा पार्टी न पोथी न भालेको अवस्थामा पुगेको बताए । बस्नेतले प्रतिनिधि सभा विघटन र निर्वाचन संविधान सम्मत भएको बताउदै निर्वाचनको विरोध गर्नेहरुनै प्रतिगामी भएको जिकिर समेत गरे ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal