काठमाडौंमा अझै ठूलो प्रर्दशन गर्छौ, टाउकोमै हान्नुपर्ने स्थिति आयो : दाहाल

२०७७ माघ १२ गते, सोमबार

माघ १२, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंमा अझै ठूलो प्रर्दशन गर्नुपर्ने भयो भन्ने महसुस भएको बताएका छन । उनले संसद् विघटनविरुद्धको संघर्षको कार्यक्रम काठमाडौंमै केन्द्रित गर्ने अवस्था आएको बताएका हुन ।

सोमबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा भएको एक कार्यक्रममा दाहालले भने, अस्तिको भन्दा काठमाडौंमा अझै ठूलो प्रर्दशन गर्नुपर्ने भयो भन्ने महसुस गर्यौं , ‘किनभने टाउकोमै हान्नुपर्ने स्थिति आयो । अन्त हानेर त्यति धेरै चोट पुग्दैन कि भन्ने सोचेर टाउकोमै हान्ने निष्कर्षमा पुगेका छौँ । काठमाडौंमा अझै ठूलो जनसभा र प्रर्दशन हुन्छ । निर्णायक संघर्ष हुन्छ अब ।’
अस्तिको आन्दोलनले सबैलाई सकरात्मक तरिकाले सोच्न सन्देश दिएको छ,’ दाहालले भने, ‘गडबड गर्न हुँदैन है जनताले छाड्दैनन् भन्ने सन्देश गएको छ । सकारात्मक निर्णय गर्नेतिर चिज अगाडि बढेको बेलामा हामीले अबको कार्यक्रमलाई अझ ऐतिहासिक, अझ भव्य, अझ विशाल र अझ व्यवस्थित गरेर तथा सिंगो देश झल्कने गरी, हिमाल झल्कने, पहाड झल्कने र मधेस झल्कने गरी, सबै जाति जनजाति, महिला, मुस्लिम झल्कने गरी सिंगो राष्ट्रको प्रतिनिधित्व हुने गरी उतार्ने सोचेका छौँ ।’
त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले गरिरहेको र्यालीलाई ुपञ्चर्यालीु को संज्ञा दिए । ‘राजा, पञ्चहरुले पनि आफू ढल्नुअघि र्याली गर्थे । त्यस्ता पञ्चर्यालीको केही अर्थ छैन । हामीले ठूलो भए पनि सानो भए पनि जनताको पक्षमा, राष्ट्रको पक्षमा, गणतन्त्रको पक्षमा, लोकतन्त्रको पक्षमा सामानुपातिक, समावेशीको पक्षमा भएको हुँदा हाम्रो र्याली जनताको र्याली हुन्छ । हाम्रो प्रदर्शन जनताको प्रदर्शन हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal