अमेरिकी राजदूत बेरी र दाहालबीच भेटवार्ता, नेपालको आन्तरिक राजनीतिबारे छलफल

२०७७ माघ १२ गते, सोमबार

माघ १२, काठमाडौं । अमेरिकी राजदूत र्यान्डी बेरीले नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।
दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा नेपालको पछिल्लो आन्तरिक राजनीतिक घटनाक्रम को बारेमा कुराकानी भएको छ ।
स्रोतका अनुसार उक्त भेटमा बेरीले दाहालसँग नेपालको आन्तरिक राजनीतिक घटनाक्रमको बारेमा जिज्ञासा राखेका थिए । दाहालले बेरीसँग राजनीतिक घटनाक्रमबारे आफ्ना कुराहरु राखेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेसँगै नेपालको आन्तरिक राजनीतिमा फेरि अन्योल सिर्जना भइरहेको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal