नेप्सेलाई एनसीसी बैंकको जवाफ : शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय भएको छैन

२०७७ माघ १२ गते, सोमबार

माघ १२, काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले शेयरमूल्यमा प्रभाव पार्ने कुनै पनि निर्णय नभएको जानकारी गराएको छ । आइतवार नेप्सेले सोधेको स्पष्टिकरणको जवाफ दिंदै बैंकले शेयरमूल्यलाई प्रभाव पार्ने कुनै पनि निर्णय नभएको बताएको छ । साथै उक्त कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई लाभांश सम्बन्धी सूचना समयमै उपलब्ध गराएको जानकारी गराएको छ ।

नेप्सेले आइतवार बैंकको शेयरमा उच्च खरीद चाप देखिएको भन्दै शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय भएर नभए बारे जानकारी दिन निर्देशन दिएको थियो ।

त्यसैगरी, उक्त कम्पनीले साधारण सभाले मर्जर तथा एक्विजिसनमा जानको लागि बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको भए पनि यस विषयमा कुनै बैंक तथा वित्तीय संस्थासँग कुरा नभएको जानकारी गराएको छ ।

(स्पष्टिकरणको जवाफ )

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal