नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र विक्री गर्ने

२०७७ माघ १२ गते, सोमबार

माघ १२, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपियाँ बराबरको विकास ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको विकास ऋणपत्र विक्री गर्न लागेको हो ।

केन्द्रीय बैंकले उक्त ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गर्ने बताएको छ । उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् ।

खरीदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । उक्त ऋणपत्रको बोलकबोल माघ १३ गते मंगलवार अपरान्ह २ बजेसम्म हुने बैंकले बताएको छ। माघ १४ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा विसं २०८४ साल माघ १४ गते भुक्तानी हुनेछ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal