नारायणी डेभलपमेण्ट बैंकले माघ १३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

२०७७ माघ १२ गते, सोमबार

माघ १२, काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकले मंगलवारदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद शेयरमा आवेदकले फागुन ३ गतेसम्म आवेदन गर्न सक्नेछन् । गत पुस २८ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन् ।
शतप्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू। १३ करोड १२ लाख ३३ हजार पुग्नेछ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal