प्रधानमन्त्री कप : प्रदेश २ लाई हराउँदै पुलिस क्लब सेमिफाइनलमा

२०७७ माघ १२ गते, सोमबार

माघ १२, काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाण्डौको मुलपानी मैदानमा प्रदेश २ लाई चार विकेटले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो ।

प्रदेश २ ले दिएको एक सय ७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर भेटायो । पुलिसको जितमा अनिल साहले ४७ र कुशल भुर्तेलले ४३ रन बनाए । प्रदेश २ का विवेक यादव र कुमार थापाले तीनरतीन विकेट लिए ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal