एपीएफले त्रिभुवन आर्मी क्लबलाई हरायो, जितसँगै एपीएफ समूह ‘ए’ को विजेता

२०७७ माघ १२ गते, सोमबार

माघ १२, काठमाडौं । कीर्तिपुरमा सोमबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६ रनले हराएको छ । एपीएफले दिएको दुई सय ४१ रनको लक्ष्य पछ्याएको आर्मीले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ३४ रन मात्रै बनाउन सक्यो ।

आर्मीका लागि अनिल मण्डलले सबैभन्दा धेरै ४५ रन बनाए । एपीएफका कमल ऐरीले तीन र भुवन कार्कीले दुई विकेट लिए ।
यसअघि एपीएफले सुमित महर्जनको ४६ र सुवास खकुरेलको ३८ रन मदतमा दुई सय ४० रन बनाएको थियो । आर्मीका हरी चौहान एक्लैले पाँच विकेट लिए ।

यो जितसँगै एपीएफ आठ अङ्कसहित समूह ुएु को विजेता बनेको छ । आर्मी पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह ुएु बाट कर्णाली, प्रदेश १ र गण्डकी बाहिरिएका छन् ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal