चन्द्रपुरले चौदण्डीगढीलाई ७–१ ले हरायो, सविताको ह्याट्रिक

२०७७ माघ १२ गते, सोमबार

माघ १२, काठमाडौं । चन्द्रपुर नगरपालिका रौतहटले राष्ट्रिय महिला लिग फुटबलमा सोमबार पहिलो जित निकालेको छ ।

ललितपुरमा रहेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को मुख्यालमा भएको खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ७–१ अन्तरले हराएको हो ।
चन्द्रपुरको जितमा सविता राना मगरले ह्याट्रिक गर्दा रजनी थोकरले दुई, दिलकुमारी राना मगर र सनिता भोलानले एक–एक गोल गरे । चौदण्डीगढीकी अञ्जन थुलुङले एक गोल फर्काइन् ।

ह्याट्रिक पूरा गरेकी सविताले खेलको ५१, ६९ र ७८औँ मिनेटमा गोल गरेकी थिइन् । पहिलो हाफ निकै प्रतिस्पर्धामक बनेको थियो । पहिलो हाफमा काउण्टरमा पुगेको चन्द्रपुरले इन्जुरी समयमा मात्र खाता खोलेको थियो ।दुई गोल गरेकी दिलकुमारीले पहिलो र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन् ।

यस्तै रजनी थोकरले ४७ र सुनिता भोलानले ८५ औँ मिनेटमा गोल गरेकी थिइन् । यसअघि पहिलो हाफमा चौदण्डीगढीले २३ औँ मिनेटमा सुरुवाती अग्रता लिएको थियो ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal