आज ३३९ कोरोना संक्रमित थपिए : कुल संक्रमितको सख्या २ लाख ६९ हजार नाघ्यो

२०७७ माघ १२ गते, सोमबार

माघ १२, काठमाडौं । कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ। गत २४ घण्टामा ३३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार २४० जना सक्रिय संक्रमित छन्।
सोमबार प्रदेश १ को झापामा ३ र सुनसरीमा २ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश २ को पर्सामा ३, बारामा ३, महोत्तरीमा एक जना, सप्तरीमा २ र सर्लाहीमा एक जनामा कोरोना भेटिएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १३३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा ३४, दोलखामा एक जना, धादिङमा २, नुवाकोटमा ३, भक्तपुरमा ८, मकवानपुरमा एक जना र ललितपुरमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २३, तनहुँमा ३, नवलपरासीमा पूर्वमा ७, पर्वतमा २, मुस्ताङमा एक, म्याग्दीमा ३, लमजुङमा एक जना, र बाग्लुङमा ५ कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, गुल्मीमा २, दाङमा १२, पाल्पामा २, बर्दियामा २, बाँकेमा ३४, रुपन्देहीमा १५ र रोल्पामा एक जनामा कोरोना संक्रमण देखिएको छ ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा २, डडेल्धुरामा २, बाजुरामा एक र बैतडीमा एक जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal