नेपाली कलाकारहरुलाई बडिगार्डको सुविधा, सुरक्षा घेरामा पुष्प र साम्राज्ञी

२०७७ माघ १२ गते, सोमबार

माघ १२, काठमाडौं । नेपाली कलाकारहरुलाई सुटिङ सेट र सिनेमा हलमा जाँदा निर्माताले बडिगार्डको सुविधा दिने गरेका छन् ।

काठमाडौंमा छायांकन भइरहेको फिल्म ‘तिम्रो मेरो साथ’ को टिमले सुटिङ सेटमा अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी आरएल शाह र कलाकार सन्दिप क्षेत्रीलाई बडिगार्डको व्यवस्था गरेको छ । उनीहरुको लोकप्रियतालाई मध्यनजर गरेर फिल्मको आउटडोर छायांकन प्रभावित नहोस् भन्ने हेतुले बडिगार्डको व्यवस्था गरिएको बताईएको छ ।

पुष्प, साम्राज्ञी र सन्दिपको युवापुस्तामाझ जबरजस्त फ्यान फलोइंग भएका कारण आउटडोर छायांकनमा दर्शकको भीडभाड हुने भएकाले बडिगार्डको व्यवस्था गर्नुपरेको बताईएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal