सामुदायिक लघुवित्तको सातौं वार्षिक साधारणसभा फागुन ५ गते हुने

२०७७ माघ १३ गते, मंगलवार

माघ १३, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा फागुन ५ गते बुधबार हुने भएको छ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि माघ २५ गते संस्थाको शेयर दाखिल खारेजी कार्य बन्द गरिने बताइएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २५ गते भन्दा अघिसम्म शेयरधनी दर्ता कितावमा कायम शेयरधनीहरले सो सभामा भाग लिन पाउँनेछन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal