आरएसडिसी लघुवित्तको सूचकमा सामान्य सुधार, प्रतिशेयर आम्दानी १४ रुपैयाँ २९ पैसा

२०७७ माघ १३ गते, मंगलवार

माघ १३, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२ लाख १३ हजार रुपैयाँ अर्थात १३.४८ प्रतिशत बढी हो।

लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफामा सुधार भएको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७ करोड ८२ लाख रुपैयाँबाट बढेर ७ करोड ९४ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ७ करोड २१ लाख रुपैयाँबाट बढेर ६ करोड ९८ लाख रुपैयाँ पुगेको छ।

७३ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.१९ प्रतिशतबाट बढेर ०.६४ प्रतिशत पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ २९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ६६ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ४९.३४ गुणा रहेको छ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal