संसद विघटनविरुद्ध दाहाल-नेपाल समूहको काठमाडौंमा सिटी जुलुस
२०७७ माघ १३ गते, मंगलवार

माघ १३, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौंमा सिटी जुलुस गर्दैछ ।
दिउँसो तीन बजेदेखि लैनचौरबाट सुरु हुने जुलुस असन, इन्द्रोचक हुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुनेछ । संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा दाहाल–नेपाल समूहका युवा तथा विद्यार्थी नेताहरुले सिटी फुकेर प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गर्ने बताईएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले पुस १४ गतेदेखि निरन्तर सडक संघर्षका कार्यक्रम गर्दै आएको छ ।