भारतले ७२ औं गणतन्त्र दिवस मनाउँदै, दिल्लीको राजपथमा विशेष परेड, सुरक्षा व्यवस्था कडा

२०७७ माघ १३ गते, मंगलवार

माघ १३, काठमाडौं । भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदैछ । यसै अवसरमा राजधानी नयाँ दिल्लीको राजपथमा विशेष परेड आयोजना गरिँदैछ । विगतमा भव्य परेड आयोजना गर्ने गरिएकोमा यसपटक कोरोना महामारीका कारण कार्यक्रमको आकार घटाइएको छ ।

यसअघि गणतन्त्र दिवसमा कुनै देशका राष्ट्रप्रमुखलाई प्रमुख अतिथिका रुपमा निम्त्याइने गरिएकोमा यो वर्ष कसैलाई पनि निम्त्याइएको छैन । परेडमा यसपटक २५ हजार मानिसमात्र सहभागी हुनेछन् ।

गणतन्त्र दिवसको लागि भारतभर सुरक्षा व्यवस्था कडा बनाइएको छ । केही दिन अघिमात्रै भारतका विभिन्न शहरमा आतंकवादी हमला हुनसक्ने गोप्य सूचनाको आधारमा सुरक्षाकर्मीले केहीलाई नियन्त्रणमा लिएको थियो ।

संभावित घटना रोक्न हरेक प्रदेशका राजधानीमा विशेष सतर्कता अपनाईएको छ । यसैबीच दिवसकै अवसरमा आयोजना हुने परेडलगत्तै किसानहरुले विवादास्पद तीन वटा कृषि कानुनको विरोधमा ट्याक्टर र्यालीको आयोजना गर्ने भएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal