नेकपाको प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा, आधिकारिकताबारे छलफल

२०७७ माघ १३ गते, मंगलवार

माघ १३, काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा पुगेको छ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहका निर्णयहरुलाई आधिकारिकता नदिने निर्णय गरेसँगै प्रचण्ड(नेपाल समूह छलफलमा जुटेको छ ।

निर्वाचन आयोगको यो निर्णयसँगै अब कसरी अघि बढ्ने भन्नेबारे आज छलफल गर्न लागिएको बताईएको छ। कुनै पनि निर्णय गर्दा दुवै अध्यक्षको सहमति र हस्ताक्षर हुनुपर्ने नेकपाको विधानमा उल्लेख छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal