सेयर बजारमा अल्पकालीन कारोबारी हावी हुँदा करेक्सन, १७.७९ अंकको गिरावट

२०७७ माघ १३ गते, मंगलवार

माघ १३, काठमाडौं । सेयर बजारमा मंगलबार तुलनात्मकरुपमा बिक्रीकर्ता हावी भएको देखिएको छ । छोटो समयमा नाफा कमाएकाहरुले बुक गर्दा बजारले केही करेक्सन देखाएको हो । मंगलवार नेप्से परिसूचक २४२३.०९ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा १७.७९ अंक घटेको हो । सोमवार २०७ ओटा कम्पनीको १ करोड ९६ लाख ६ हजार ५५५ कित्ता शेयर ६३ हजार ८१८ पटकमा ८ अर्ब २७ करोड ९७ लाख १ हजार ७७ बराबरको शेयर खरीदविक्री भएको छ ।

मंगलवारको दिन कारोबारमा आएका २०७ ओटा कम्पनीमध्ये सबैभन्दा बढी गुँरास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.९७ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी दोस्रोमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९.९४ प्रतिशत वृद्धि भएको छ ।

त्यसैगरी सर्वाधिक कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको हो । उक्त कम्पनीको रू १ अर्ब ४५ करोड ७ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ । कम्पनीको ५१ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको थियो । सोही कारणले कम्पनीको शेयर सर्वाधिक खरीदविक्री भएको हो ।

त्यसैगरी मंगलवारको कारोबारमा सबैभन्दा बढी शिवश्री हाइड्रोपावर कम्पनीको शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४.९५ प्रतिशत कमि आएको हो ।

कारोबारमा आएका १२ ओटा समूहमध्ये होटलसमूहको परिसूचक २.६८ प्रतिशत र वित्त समूहको परिसूचक १.१२ प्रतिशत वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूहको परिसूचक ३.१ प्रतिशतले घटेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal