दिल्लीमा गणतन्त्र दिवसको मनाई रहेको बेला किसानको विरोध ऱ्याली

२०७७ माघ १३ गते, मंगलवार

माघ १३, काठमाडौं । भारतमा गणतन्त्र दिवसको अवसरमा राजधानी नयाँदिल्लीको इन्डिया गेटमा विभिन्न झाँकी र सेनाको परेडसहितको भव्य कार्यक्रम चलिरहेका बेला किसानहरुले सरकारको विरोधमा ऱ्याली निकालेका छन् । मोदी सरकारले ल्याएको कृषिसम्बन्धी तीनवटा कानुनको विरोधमा विगत पाँच महिनादेखि भारतमा किसानहरु आन्दोलनरत छन् । विशेषगरी पन्जाब, हरियाणा, उत्तर प्रदेश, कर्नाटक, महाराष्ट्र र पश्चिम बंगाललगायतका राज्यमा ती कानुनको चर्को विरोध हुँदै आएको छ ।

दिल्ली प्रहरीले सुरक्षाको कारण देखाएर उनीहरुलाई इन्डिया गेटको विशेष कार्यक्रम सकिएपछि मात्र उक्त ऱ्याली गर्ने अनुमति दिएको थियो । तर, आन्दोरलत किसानहरुले प्रहरीले उक्त आदेशको बेवास्ता गर्दै मंगलबार बिहानदेखि दिल्लीतर्फ बढेका हुन् ।

दिल्लीतर्फ अघि बढ्दै गरेका हजारौं संख्यामा रहेका किसानहरु र ट्रयाक्टरलाई रोक्न प्रहरी प्रयासरत छ । उनीहरुलाई रोक्न अश्रुग्यास समेत प्रयोग गरिएको छ । जसले गर्दा दिल्लीका सीमावर्ती क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal