हिमाल आरोहण गर्न जाँदा जानकारी गराए सरकारले सहयोग गर्छ : प्रधानमन्त्री ओली

माघ १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताएका छन। विश्वको दोस्रो अग्लो हिमाल माउन्ट ‘केटू’को कीर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता भएका निर्मल पूर्जालगायतका दश नेपाली आरोहीलाई मङ्गलबार बधाई व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आउँदा दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छेअनुसारको सहयोग गर्ने बताएका हुन।
उनले माउन्ट केटूको सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको बताए।प्रधानमन्त्री ओलीले आउँदा दिनमा हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट अवार्ड दिने पनि बताए ।
दश जनाको समूहको नेपाली आरोहीले गएको माघ ३ गते माउन्ट केटू हिमालको सफल आरोहण गरेको थियो । आरोही टोली मङ्गलबार नेपाल फर्किएको हो ।