प्रतिनिधि सभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्छौँ : दाहाल

२०७७ माघ १३ गते, मंगलवार

माघ १३, चितवन । नेपाल कम्युनिस्ट पार्टी नेकपा को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताएका छन। पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष दाहालले लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा कुँवरबाट प्राप्त हुने बताए।

पार्टी एकताका लागि उहाँहरू जस्ता अभिभावकको ठूलो प्रेरणा आफूहरूलाई प्राप्त भएको बताउँदै दाहालले भने, ‘अहिले जो दुर्घटना जस्तो स्थिति देखा परेको छ, यो स्थितिको सामना गर्नका लागि पनि उहाँको हिजोको शिक्षा, योगदान, त्याग, तपस्या सधैँ प्रेरणाका रूपमा आन्दोलनमा रहिरहन्छन् ।’
दाहालले विसं २०३३ मा गोरखाको आरुघाटमा आफू शिक्षक भएका बेला कुँवरसँग चौथो महाधिवेशन चौम पार्टीको सदस्यता लिएका थिए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal