महिला लिग : पुलिस पुलिस वालिङसँग बराबरीमा रोकियो

२०७७ माघ १३ गते, मंगलवार

माघ १३, काठमाडौं । महिला लिगमा पुलिस पुलिस वालिङसँग बराबरीमा रोकियो
राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोली नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिकाले बराबरी खेलेका छन् ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा मङ्गलबार भएको खेलमा पुलिस र वालिङले एक–एक गोलको बराबरी खेलेका हुन् । दुवै टोलीले खेलको दोस्रो हाफमा गोल गरेका हुन् । खेलको ५२ औँ मिनेटमा वालिङका मिठु एलायबले गोल गरिन् । खेलको ६५ औँ मिनेटमा रेखा पौडेलले पुलिसका लागि बराबरी गोल फर्काइन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal