जुम्लाको गोठीगाउँमा भिषण आगलागी, २८ घर जलेर नष्ट

२०७७ माघ १४ गते, बुधबार

माघ १४, काठमाडौं । जुम्लाको तिला गाउँपालिका-७ गोठीगाउँमा आगलागी भिषण आगलागी भएको छ । आगोलागी बाट २८ घर जलेर नष्ट भएका छन् ।

हिजो मंगलबार राति ७ बजेदेखि सुरु भएको आगलागीमा दुई दर्जन जति पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी छ ।

आगलागी भएको ठाउँ जुम्ला सदरमुकामबाट ३५ किलोमिटर टाढा रहेको र त्यहाँ २२८ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal