काठमाण्डौको दक्षिणकालीमा ट्रक दुर्घटना, चालक र सह–चालकको ज्यान गयो

२०७७ माघ १४ गते, बुधबार

माघ १४, काठमाडौं । काठमाण्डौको दक्षिणकाली नगरपालिका ९ हुमानेमा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको छ ।

थाहाखेलबाट फर्पिङका लागि छुटेको बा ३ ख ६१ ९९ नम्बरको ट्रक पल्टिँदा चालक मकवानपुरको थाहा नगरपालिका ४ बज्रबाराहीका मोहनलाल रुम्बा र सहचालक अछाम घर भइ काठमाण्डौको दक्षिणकाली बस्ने गोमबहादुर बुढाको ज्यान गएको हो ।

दुवै जनाको काठमाण्डौको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्रक सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal