नेपाली राष्ट्रिय क्रिकेट टिमले बाइल्याट्रल टी–२० सिरिज खेल्ने

२०७७ माघ १४ गते, बुधबार

माघ १४, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारमा हुन लागेको बाइल्याट्रल टी २० सिरिज खेल्ने भएको छ ।

कतार क्रिकेट संघको प्रस्तावलाई स्विकार्दै नेपाल क्रिकेट संघ क्यानले बैठक बसेर नेपाली क्रिकेट टिमलाई कतार पठाउने निर्णय गरेको हो । फेब्रुअरी ९ देखि १२ तारिख अर्थात फागुन २५ देखि २८ गतेसम्म प्रतियोगिता हुने हुनेछ ।
प्रतियोगिताका लागि नेपाली टिम ७ या ८ तारिखमा कतार जाने क्यानले जनाएको छ । प्रतियोगितामा नेपालले ३ खेल खेल्नेछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal