दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि, सबैलाई सचेत रहन आग्रह

२०७७ माघ १४ गते, बुधबार

माघ १४, काठमाडौं । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दक्षिण कोरियाको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।

दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना सङ्क्रमण भेटिएको यो पहिलो घटना हो । उक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा बिरालोमा समेत सङ्क्रमण पाइएको हो । उक्त बिरालो पाल्ने परिवारका तीन सदस्यमा पनि कोरोना भाइरस पुष्टि भएको छ ।

यहाँ मानिसबाहेक अन्य जनावरमा समेत भाइरस देखा परेपछि सबैलाई सचेत रहन दक्षिण कोरिया सरकारले आग्रह गरेको छ । कोरिया सरकारले कोभिड–१९ विरुद्ध सावर्जनिक स्थानमा चार जनाभन्दा बढी भेला हुन नपाउने, सामाजिक दूरी पालना गर्नुपर्ने र ‘नो मास्क नो राइड’ नियमलाई कडाइ गरे पनि खोप भने अझै वितरण गरेको छैन।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal