गणतन्त्र स्थापनापछि पारस शाह पहिलोपटक गोरखामा

२०७७ माघ १४ गते, बुधबार

माघ १४, काठमाडौं । पूर्व युवराज पारस शाह गोरखामा पुगेका छन्। गएराती १२ बजे गोरखा पुगेका उनलाई गोरखामा भब्य स्वागत गरिएको थियो ।

पूर्वराजपरिवारको कुलदेवताको रुपमा मानिने गोरखकाली र गोरखनाथको पूजाआजाका लागि उनी गोरखा पुगेका हुन ।

उनी अहिले गोरखा दरबार आसपास रहेको होटल वृन्दावनमा बसेका छन्। आज बिहान पूजामा सहभागी भई फर्कने कार्यक्रम रहेको उनको स्रोतले बताएको छ ।

उनलाई भेटघाट गर्न लागि गोरखा सदरमुकाम आसपासका राजसंस्थाप्रति आस्थावानहरु, राप्रपाका नेता कार्यकर्ताहरुको भब्य भेला भएको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal