जनकपुर यातायात कार्यालयमा अख्तियारको छापा, कार्यालय प्रमुख सहित दुई जना नियन्त्रणमा

२०७७ माघ १४ गते, बुधबार

माघ १४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महोत्तरीको टोलीले जनकपुरको यातायात व्यवस्था कार्यालयमा छापा मारेको छ । सेवाग्राहीसँग घुस वापत लिएको रकम कार्यालयमै लुकाएर राखिएको गोप्य सूचनाको आधारमा आयोगको बर्दिवासबाट खटिएको टोलीले कार्यालयमा छापामारी गरेको हो ।

गएराति करिब ६ घण्टा छापा मारेर टोलीले पौने ३ लाख बराबरको रकम बरामत गरेका छ । अख्तियारको टोलीले दिएको जानकारी अनुसार कार्यालय सहयोगकी कापरको कार्यालयमै रहेको कोठाको सोफा, खाट, दराज बाट २ लाख २३ हजार ८ सय रकम र दलाल भगतबाट ५० हजार घुस रकम टोलीले बरामद गरेको हो । आयोग श्रोतका अनुसार यातायात कार्यालयमा गैर कानुनी तरिकाले लाईसेन्स बनाए वापतको करिब १ करोड रुपैयाँ नगद राखिएको आयोग सुचना दिइएको थियो ।

बिचौलिया भगतले आफू ट्याक्टरको लाइसेन्सको लागि कार्यालयका कम्प्युटर अपरेटर अनिल गिरीलाई ५० हजार घुससहित पास गरिदिने सेवाग्राहीको नामावली बोकेर पुगेको टोलीलाई बयान दिएका छन् ।

श्रोतका अनुसार कार्यालय भित्र कार्यालय प्रमुख विरेन्द्र साह, कार्यालय सहयोगी भोगेन्द्र कापर, दुईजना करारका कर्मचारी र दुईजना विचौलियालाई कार्यालयभित्रै आयोगले नियन्त्रणमा राखेको छ ।
कर्मचारीहरुले बिचौलियाको सेटिङमा यातायात व्यवस्था कार्यालयमा घुसखोरी, भ्रष्टाचार गरिरहेको जनगुनासो छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal