सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निशुल्क उपलब्ध गराउने छौं : प्रधानमन्त्री
२०७७ माघ १४ गते, बुधबार

माघ १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने बताएका छन। बुधबार कोरोनाविरुद्धको खोपको भर्चुअल माध्यमबाट शुभारम्भ गर्दै ओलीले यस्तो बताएका हुन।
प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १८ गतेसम्म संचालन हुने यस अभियानमा सिंगो राष्ट्र एकताबद्ध भएर सफल पार्न आह्वान पनी गरेका छन। भारतले अनुदानमा दिएको १० लाख डोजको कोभिशिल्ड खोप लगाउने अभियान आजबाट सुरु भएको हो ।
कोरोना विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा। सागर राजभण्डारीले लगाएका थिए। सरकारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत फ्रन्टलाइनमा बसेर काम गर्नेहरुलाई पहिलो चरणमा खोप लगाउने बताएको छ ।