नेकपा नफुटेसम्म गण्डकी प्रदेश सरकार सुरक्षित : थापा
२०७७ माघ १४ गते, बुधबार

माघ १४, पोखरा । गण्डकी प्रदेश सांसद एवं नेपाली कांग्रेसका नेता बिन्दुकुमार थापाले नेकपा आधिकारिक रूपमा नफुटेसम्म गण्डकी प्रदेश सरकार सुरक्षित रहेको बताएका छन।
नेपाल प्रेस युनियन कास्कीले पोखरामा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले नेकपा फुटेपछि मात्रै कांग्रेसले गण्डकीमा प्रदेश सरकार पुनर्गठनका लागि धारणा बनाउने भन्दै उनले कांग्रेस पर्ख र हेरको अवस्थामा रहेको बताए।
उनले सरकार बन्न नसक्ने अवस्था आएमा कांग्रेसले सरकार बनाउने तर अहिलेकै अवस्थामा अविश्वासको प्रस्ताव ल्याउने पक्षमा कांग्रेस नरहेको सांसद थापाले प्रष्ट पारे।