सामान्य करेक्सन पछि बुधवार १७.६३ अंकले बढ्यो नेप्से, बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण

२०७७ माघ १४ गते, बुधबार

माघ १४, काठमाडौं । मंगलवारको सामान्य करेक्सनपछि बुधवार पुनः बजार उकालो लागेको छ ।मंगलवार १७.७९ अंक घटेको बजार बुधवार १७.६३ अंकले बढेको हो । बुधवार बजार २४४०.७२ विन्दुमा बन्द भएको छ ।

नेप्से परिसूचक बढेपनि यो दिन सेन्सेटिभ इन्डेक्स भने १.२७ अंक घटेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स ४४५.९७ विन्दुमा झरेको हो । बुधवार रू ७ अर्ब ९० करोड ४ लाख ५४ हजार बराबरको शेयर कारोबार भएको हो । मंगलवारको तुलनामा भने कारोबार रकम घटेको हो । मंगलवार रू ८ अर्ब २७ करेड ९६ लाख ४ हजार बरावरको शेयर खरीदविक्री भएको थियो ।

बुधवार सर्वाधिक रकमको कारोबार गर्ने र सर्वाधिक मूल्य बढ्ने कम्पनीको स्थान नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । यो दिन कम्पनीले ५१ प्रतिशत लाभांश प्रयोजनका लागि बुक क्लोज गरेको छ । कम्पनीको रू ९३ करोड १६ लाख ५१ हजार बराबरको शेयर कारोबार भएको हो भने ९.९९ प्रतिशतले शेयरमूल्य बढेको हो ।

नेपाल लाइफसँगै यस दिन अन्य छ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आरम्भ चौतारी लघुवित्तको ९.९८ प्रतिशत, गुराँस लघुवित्तको ९.९७ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ९.९६ प्रतिशत, प्रभु लाइफको ९.९१ प्रतिशत र नेशनल हाइड्रोपावरको ९.८५ प्रतिशतले शेयरमूल्य बढेको हो । दोहोरो अंकले बढेको बजारमा पोखरा फाइनान्सको शेयरमूल्य सर्वाधिक ७.०५ प्रतिशतले घटेको छ ।

यो जीवन बीमा समूहको परिसूचक सर्वाधिक ६.२३ प्रतिशत बढेको छ । त्यस्तै निर्जीवन बीमा समूहको ३.६२ प्रतिशत बढेको छ । यस दिन कारोबारमा आएकामध्ये ९५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयरमुल्य घटेको छ। त्यस्तै १८ वटाको शेयरमूल्य भने परिवर्तन भएन।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal