प्राइम कमर्शियल बैंकको नाफा करिब २ अर्ब, प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५५ पैसा

२०७७ माघ १५ गते, बिहीबार

माघ १५, काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको तुलनामा बैंकले ३९.४० प्रतिशत खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३० करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
१६ अर्ब ८ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९४ करोड ७६ लाख रुपैयाँ रहेको छ । खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २३ रुपैयाँ १५ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २२ रुपैयाँ ५५ पैसा कायम भएको छ।बैंकको चालु आर्थिक वर्षको मूल्य आम्दानी अनुपात १९.६० गुणा रहेको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal