ग्लोबल आईएमई बैंकको नाफा २ अर्ब ३१ करोड अर्बभन्दा बढी, प्रतिशेयर आम्दानीमा सुधार

२०७७ माघ १५ गते, बिहीबार

माघ १५, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२ करोड ९२ लाख रुपैयाँ अर्थात ३७।३२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

२१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ७० करोड ८ लाख रुपैयाँ रहेको छ । खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा सुधार देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १७ रुपैयाँ ७७ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २१ रुपैयाँ ४० पैसा कायम भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.८४ गुणा रहेको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal