हिमालयन बैंकको नाफा घट्यो, प्रतिशेयर आम्दानी १२ रुपैयाँ २३ पैसा

२०७७ माघ १५ गते, बिहीबार

माघ १५, काठमाडौं । हिमालयन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकको आम्दानी घट्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफामा संकुचन देखिएको छ।

बैंकले बिहिबार सार्बजानिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा खुद नाफा गत आर्थिक वर्षको तुलनामा ६२.५० प्रतिशतले कमी आएको हो।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ७४ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ६५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको तुलनामा १ अर्बभन्दा बढीले घटेको हो।

चुक्ता पूँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ९८ करोड रुपैयाँ रहेको छ।
नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि ४० रुपैयाँ ९० पैसाबाट घटेर १२ रुपैयाँ २३ पैसामा झरेको छ। उसको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ५५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात बढेर ४७.१० गुणा पुगेको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal