नविल बैंकले नाफा बढाउन सकेन, प्रतिशेयर आम्दानी घट्यो

२०७७ माघ १५ गते, बिहीबार

माघ १५, काठमाडौं । नबिल बैंकले लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले गत वर्षको भन्दा नाफा बढाउन नसकेको देखिएको छ।
बैंकले बिहिबार सार्बजानिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
यो गत आर्थिक वर्षको तुलनामा १.२६ प्रतिशतले कम हो। गत आर्थिक वर्षको पुस मशान्तसम्ममा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
चुक्ता पूँजी १३ अर्ब ४८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि ४५ रुपैयाँ १६ पैसाबाट घटेर ४० रुपैयाँ ७१ पैसामा झरेको छ।

बैंकको आधार दर ८.१० प्रतिशतबाट घटेर ५.७६ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ४.९९ प्रतिशतबाट ४.७ प्रतिशतमा झरेको छ। पूँजीकोष अनुपात १३.३८ प्रतिशत रहेको बैंकको कोषको लागत ४.२९ प्रतिशत छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal