एनएमबि बैंकको नाफा बढ्यो, प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५० पैसा

२०७७ माघ १५ गते, बिहीबार

माघ १५, काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.६९ प्रतिशत बढी हो। बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
१४ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब १० करोड ९२ लाख रुपैयाँ रहेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २० रुपैयाँ ३१ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २२ रुपैयाँ ५० पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ४१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.७३ गुणा रहेको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal