स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो, प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९८ पैसा

माघ १५, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ७२ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.६९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३० रुपैयाँ ६३ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १६ रुपैयाँ ९८ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ ४७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.४१ गुणा रहेको छ।