सुनको भाउ घट्यो, तोलामा ९२ हजार रुपैयाँ निर्धारण

२०७७ माघ १५ गते, बिहीबार

माघ १५, काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलामा ९२ हजार एक सय रुपैयाँ तोकिएको थियो ।
यस्तै, आज चाँदी भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन बुधबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी तोलामा रु पाँचले घटेको छ । तोलामा बुधवार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज भने रु एक हजार २४५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal