इङ्ग्लिस प्रिमियर लिग : शेफिल्डसँग म्यानचेस्टर युनाइटेड पराजित

२०७७ माघ १५ गते, बिहीबार

माघ १५, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड शेफिल्ड युनाइटेडसँग २–१ गोल अन्तरले पराजित भएको हो । २० खेल खेलेको म्यानचेस्टर युनाइटेड ४० अङ्कसहित दोस्रो स्थानमा छ ।

एक खेल कम खेलेको म्यानचेस्टर सिटी ४१ अंकसहित पहिलो स्थानमा छ । म्यानचेस्टरको मैदान वर्ल्ड ट्रोफेटमा शेफिल्डले २३ औं मिनेटमा किन ब्रायनले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले ६४ औं मिनेटमा बराबरी गोल गरेको थियो ।
उसका लागि कप्तान ह्यारी मगायरले गोल गर्दै खेलमा फर्काएका थिए । तर, ७४ औं मिनेटमा ओलिभर बुर्केले गोल गरेपछि शेफिल्डले जारी सिजनमा दोस्रो जित निकाल्न सफल भयो ।नतिजासँगै शेफिल्डले २० खेलबाट ८ अंक बनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal