ओलीको कदमको सशक्त प्रतिवाद गर्न दाहाल–नेपालको निर्देशन, माघ २८ मा काठमाडौंमा विशाल प्रदर्शन गरिने

माघ १५, काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले चाल्न सक्ने कुनैपनि खाले तानाशाही कदमको प्रतिरोधमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका छन। पार्टीको केन्द्रीय संघर्ष समिति सचिवालयको बिहिबार बसेको बैठकमा दाहालले चनाखो रहन सबै नेता कार्यकर्तालाई निर्देशन दिएका हुन।
बैठकमा माधव कुमार नेपालले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षा गरेरै छाडिने बताए। आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र त्यही कमिटीलाई निर्वाचन आयोगले पठाएको पत्रमा पनि उल्लेख गरेकाले पार्टी आफ्नै पोल्टामा आउनेमा दुविधा पाल्नु नपर्ने नेपालको भनाइ थियो ।
दाहाल–नेपाल समूहले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयविरुद्ध आउँदो माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै विशाल जनप्रदर्शन गर्ने निर्णय पनि गरेको छ ।