नेकपाको दुवै पक्षलाई निर्वाचन आयोगको पत्र, छलफलका लागि बोलायो

२०७७ माघ १५ गते, बिहीबार

माघ १५, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेख्दै निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५र५ जनालाई बोलाएको हो ।

शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाएको आयोगले जनाएको छ । आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न लागेको आयोगले जनाएको छ ।

यसअघि नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आएपनी आयोगले दुवै पक्षको दावी नपुग्ने जनाएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal