बुटवलमा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन, चोक-चोकहरुबाट जुलुस निकालियो

२०७७ माघ १५ गते, बिहीबार

माघ १५, रूपन्देही । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले बुटवलमा शक्ति प्रदर्शन गरेको छ । सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालको पनि उपस्थिति छ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको सभामा बुटवलका विभिन्न चोकहरुबाट जुलुससहित लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर तर्फको जग्गामा सभा गरेको हो । कार्यक्रममा अध्यक्षद्धय प्रचण्ड–नेपालले सम्बोधन गर्नेछन् । सभाअघि बुटवलका तीन ठाउँबाट र्याली निकालिएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal