कमजोर र गएगुज्रेको पार्टी आज निचोेरे सँगै एकतावद्ध र गतिशील भयो : प्रधानमन्त्री ओली

२०७७ माघ १५ गते, बिहीबार

माघ १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहलाई ‘पिलोको संज्ञा दिँदै अहिले पिलो निचोरेपछि नेकपा गतिशील भएको दावी गरेका छन् । बिहीबार आफु निकट श्रमिकहरुलाई काठमाडौंमा सम्बोधन गर्दै उनले हिजोसम्म कमजोर र गएगुज्रेको रहेको पार्टी आज पिलो निचोेरेसँगै एकतावद्ध र गतिशील पार्टी भएको दावी गरेका हुन्
ओलीले प्रचण्ड माधवप्रति लक्षित गर्दै भने, ‘हामी त हाम्रो घरमा छौ ।

केही तत्वहरुले मजदूरहरुलाई अल्मल्याएका छन् । झुठा आश्वसन बाँडेका छन् । त्यस्ता कुराहरुबाट मुक्त हुनुपर्छ र हामीले सही बाटोमा धारणा राख्नुपर्छ’ । प्रधानमन्त्री ओलीले आफ्नै सरकार ढाल्न, अस्थिरता मच्चाउन प्रचण्ड माधवहरु लागेको भन्दै उनीहरु अहिले नक्कली देशभक्त बन्ने खोजेको आरोप लगाए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal